images
images

फेब्रुअरीमा मात्र नेपाल भित्रिए ९७ हजार पर्यटक


  • 302
    SHARES
  • २०८० फाल्गुण १८ गते शुक्रबार

    फेब्रुअरीमा मात्र नेपाल भित्रिए ९७ हजार पर्यटक

    काठमाडौं ।  नेपाल भ्रमणमा आएका पर्यटक ३३ प्रतिशतले बढेका छन् । हवाई मार्ग हुँदै सन् २०२४ को दोस्रो महिना फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २०२३ फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

    सबैभन्दा बढी भारतीय पर्यटक २५ हजार ५ सय ७८ जना नेपाल आएका छन् । साथै चिनियाँ पर्यटक ९ हजार एक सय ८०, अमेरिकी पर्यटक ९ हजार ८९, थाइल्याण्डबाट चार हजार ७ सय ९९ जना पर्यटक नेपाल आएका छन् । 

    बङ्गलादेशबाट ४ हजार ९९, अष्ट्रेलियाबाट २ हजार ९ सय ७६, बेलायतबाट ४ हजार ५ सय ७१, श्रीलंकाबाट ३ हजार ६ सय ८४, म्यानमारबाट दुई हजार ९ सय २१ र जर्मनीबाट दुई हजार ४ सय ९४ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

    त्यस्तै, सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजार दुई सय ५५ जना, सन् २०२२ को फेब्रुअरी महिनामा १६ हजार ९ सय ७५, सन् २०२१ को फेब्रुअरी महिनामा ८ हजार ८ सय ७४, सन् २०२० को फेब्रुअरी महिनामा ९ हजार २ सय ६६, सन् २०१९ को फेब्रुअरी महिनामा एक लाख दुुई हजार चार सय २३ जना पर्यटक नेपाल भित्रिएका थिए । 

    नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरी महिनामा ८८ हजार एक सय ४६ जना पर्यटक बाहिरिएका छन् ।


    images
    images

    Logo