images
images

मानव मस्तिष्कमा पहिलो पटक वायरलेस ब्रेन चिपको सफल प्रत्यारोपण


  • 382
    SHARES
  • २०८० माघ १६ गते मंगलबार

    मानव मस्तिष्कमा पहिलो पटक वायरलेस ब्रेन चिपको सफल प्रत्यारोपण

    काठमाडौं । विश्वकै धनी व्यक्ति एलन मस्कले आफ्नो कम्पनी न्युरालिङ्कले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको दाबी गरेका छन् । मस्कले पहिलो पटक मानिसमा वायरलेस ब्रेन चिप सफल प्रत्यारोपण गरेको बताएको बीबीसीले जनाएको हाे । चिप प्रत्यारोपण गरिएका व्यक्ति निको हुँदै गइरहेका मस्कले जानकारी दिएका छन् ।

    यो चिपको सहायताले व्यक्तिले सोचेकै भरमा फोन, कम्प्युटर वा अन्य उपकरण नियन्त्रण गर्न सक्ने उनले बताएका छन् । जटिल न्युरोलोजिकल (स्नायुसम्बन्धी) रोगहरूको सामना गर्न मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्न चाहेको कम्पनीले जनाएको छ ।

    मस्कको कम्पनी न्युरालिङ्कलाई गएको वर्ष अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले मानवमाथि चिपको परीक्षण गर्न अनुमति दिएको थियो । कपालको रेसाभन्दा पनि पातलको यो चिप यसअघि रोबोटमा प्रयोग गरिएको थियो । कम्पनीले छ वर्ष लगाएर यो चिप बनाएको हो ।  


    images
    images

    Logo