images
images

सञ्चालकको बदमासीले सहकारीका बचतकर्ताको तीन अर्ब रुपैयाँ जोखिममा


  • 452
    SHARES
  • २०८० पौष १४ गते शनिबार

    सञ्चालकको बदमासीले सहकारीका बचतकर्ताको तीन अर्ब रुपैयाँ जोखिममा

    काठमाडौं । अध्यक्ष तथा पूर्व अध्यक्षको बदमासीले सहकारीका हजारौँ बचतकर्ताको करिब तीन अर्ब रुपैयाँ जोखिममा परेको छ । कास्कीभित्र सञ्चालित विभिन्न पाँचवटा सहकारी डुब्दा खाई नखाई बचत गरेका सर्वसाधारण बचतकर्ताको रकम जोखिममा परेको हो ।

    ती सहकारी अपचलन गराउन सञ्चालक समितिका अध्यक्ष र पूर्वअध्यक्ष हाबी भएको पुष्टि पनि भएको छ । किनकि डुबेका सहकारीका अध्यक्ष र पूर्व अध्यक्षसहित सञ्चालक समितिका पदाधिकारी पक्राउ पर्ने डरले फरार छन् । कास्कीका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, मित्रमिलन बचत तथा ऋण सहकारी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, बलिदानी बचत तथा ऋण सहकारी संस्था र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था डुब्दा सर्वसाधारण बचतकर्ताको २ अर्ब ८३ करोड ३७ लाख ७१ हजार रुपैयाँ जोखिममा परेको प्रहरीमा उजुरी परेको छ ।

    डुबेका पाँच सहकारीका ३ हजार ६ सय ९ जनाले आफ्नो रकम डुबेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।  उजुरीमा सहकारी सञ्चालकले ठगी गरेको बचतकर्ताले उल्लेख गरेका छन् । 


    images
    images

    Logo