काठमाडौं । उड्दाउड्दै तारा एयरको जहाजको आपतकालीन ढोकाको सिसा खस्यो खसेको छ । काठमाडौंबाट लुक्लातर्फ उडेको तार एयरको नाइनएन एएलओ कलसाइनको जहाज उडिरहेका बेला जहाजको इमरजेन्सी ढोकामा रहेको सिसा खसेको हो ।
तारा एयरको उक्त जहाजले बिहान लुक्लातर्फ उडान भरेको थियो । जहाज उडानकै क्रममा आकाशबाटै ढोकाको सिसा खसेको हो । अहिले खोज्ने क्रम जारी रहेको छ । तर जहाज सकुसल नै लुक्लामा अवतरण गरिएको छ ।
जहाज क्याप्टेन अमृत गुरुङको कमाण्डमा उठेको थियो । जहाजमा ११ सय २६ केजी सामान थिए ।