images
images

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पाए कार्यसम्पादन मूल्यांकनमा ९०.५ अंक


  • 356
    SHARES
  • २०८० मंसिर ७ गते बिहीबार

    निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पाए कार्यसम्पादन मूल्यांकनमा ९०.५ अंक

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पहिलो बर्षको कार्यसम्पादन मुल्यांकनमा ९०.५ अंक पाएका छन् । २०७८ फागुनमा तीन वर्षका लागि निगमको कार्यकारी निर्देशमा नियुक्त भएका थानीले प्रत्येक वर्ष गर्ने कामबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए । 

    सोही सम्झौतापत्रमा उल्लेख भएका बुँदाहरूको प्रगतिबारे मूल्यांकन गर्दा थानीले १ सय अंकभारमा ९०.५ अंक ल्याएका हुन् । कार्यसम्पादन मूल्यांकनमा थानीले २०७९ फागुनसम्म एक वर्ष अवधिमा गरेका कामको प्रगति विवरणबारे मूल्यांकन भएको थियो।

    यो अवधिमा भौतिक पूर्वाधारतर्फ मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट पेट्रोलसमेत ल्याउन आवश्यक अमलेखगन्जमा भण्डारण गृहको निर्माण प्रक्रिया सुरु गरेको, पोखरास्थित डिजेल भण्डारणगृहको कामलाई अन्तिम रूप दिएको, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन भण्डारण गृह निर्माणका लागि टेन्डर आह्वान गरेको, चितवन र झापामा भण्डारण गृह तथा पाइपलाइन विस्तारका लागि जग्गाको नापजाँच टुंग्याएको लगायतका विषय प्रगति विवरणमा उल्लेख छन्।

    त्यस्तै २०७८ फागुनदेखि २०७९ फागुनको एक वर्ष अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर उच्च बिन्दुमा पुगी आयल निगमले मासिक ९ अर्ब रुपैयाँसम्म घाटा व्यहोर्दा पनि पेट्रोलियम आपूर्तिमा अवरोध हुन नदिएको विषयलाई प्राथमिकताका साथ कार्यसम्पादन मूल्यांकनमामा समेटिएको छ।

    सो वर्ष निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा घाटा खाएको थियो। जसकारण तेल खरिद गरेको रकम भुक्तानी गर्ने पैसा नभएपछि सरकार र वाणिज्य बैंकबाट सो वर्ष १० अर्ब रुपैयाँ ऋण लिएर सोही वर्षदेखि निगमले ऋण तिर्नसमेत सुरु गरेको थियो।

    पूर्वाधार निर्माण र इन्धनको सहज आपूर्ति तथा वितरण दुवै काममा कार्यकारी निर्देशक थानीको प्रगति राम्रो देखिएकाले उत्कृष्ट अंक ल्याउन सफल भएका हुन् । यद्यपि, थानीले गत आर्थिक बर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको दरमा नेपाली बजारमा मूल्य समायोजन नगरी उपभोक्तालाई मूल्यवृद्धिको चर्को मारमा राखेका थिए। उनले इन्डियन आयल कर्पोरेसनको बक्यौता र सरकारी ऋण तिर्न मूल्य नघटाएको प्रस्टीकरण दिने गरेका थिए।

     


    images
    images

    Logo