images
images

नवनियुक्त ६ जना मुख्य न्यायाधिशहरुले लिए शपथ


  • 333
    SHARES
  • २०८० मंसिर ७ गते बिहीबार

    नवनियुक्त ६ जना मुख्य न्यायाधिशहरुले लिए शपथ

    काठमाडौं । उच्च अदालतका ६ जना नवनियुक्त मुख्य न्यायाधिशहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । 

    मंगलबार न्याय परिषद्ले मुख्य न्यायाधीशमा सिफारिस गरेका लोहितचन्द्र शाह, माधव पोखरेल, रमेशराज राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापाले बिहीबार सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वभर श्रेष्ठसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

    मुख्य न्यायाधीशको सपथ लिएसँगै अब ६ जनालाई ६ वटै उच्च अदालतमा मुख्य न्यायाधीशमा पदस्थापन गरिनेछ ।

    उच्च अदालत दिपायका मुख्य न्यायाधीशको जिम्मेवारीमा रहेका निर्पध्वज निरौलाको उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा भइसकाले उक्त अदालत बाहेक अरु उच्च अदालतमा पदस्थापन हुनेछ ।


    images
    images

    Logo