images
images

बल्खुमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप, प्रहरी गर्याे अश्रुग्यास प्रहार


  • 252
    SHARES
  • २०८० मंसिर ७ गते बिहीबार

    बल्खुमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप, प्रहरी गर्याे अश्रुग्यास प्रहार

    काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

    प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा समेत प्रहार गरेको छ ।

     प्रदर्शनकारीलाई प्रहरीले बल्खुमा नै रोकेको छ । कालिमाटीतर्फ अघि बढेको आन्दोलनकारीको गाडीको साँचो पनि प्रहरीले खोसेको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन् ।

    यसअघि सोही स्थानमा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडप भएको थियो ।

     


    images
    images

    Logo