images
images

चैत मसान्तसम्ममा चार हजार भन्दा बढी शिक्षक पद रिक्त हुने


  • 363
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    चैत मसान्तसम्ममा चार हजार भन्दा बढी शिक्षक पद रिक्त हुने

    काठमाडौं ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक गरेको छ । शाखाले सार्वजनिक गरेको विवरण अनुसार माध्यमिक तहमा ४ सय २, निम्न माध्यमिक तहमा ७ सय ४४ र प्राथमिक तहमा ३ हजार १ सय ७९ शिक्षक पद रिक्त रहेका छन् ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त रिक्त पदको विवरण यकिन गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।

    केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार प्रावि तह तर्फ ३ हजार १ सय ७९ शिक्षक पद रिक्त हुनेछ । त्यस्तै निमावि तहमा ७ सय ४४ र मावि तहमा ४ सय २ पद रिक्त हुनेछ । निमावि तर्फ नेपाली विषयका १ सय १३ जना शिक्षकको पद रिक्त हुनेछ । त्यस्तै अङ्ग्रेजीका १ सय ६४, गणितका १ सय ३६, गणित विज्ञानका ४०, विज्ञान १ सय ६९, सामाजिक अध्ययन १ सय १९, ऐच्छिक प्रथमका १ गरी ७ सय ४४ शिक्षकको पद रिक्त हुन लागेको हो ।

    त्यस्तै मावि तर्फ नेपालीका ६३ जना, अङ्ग्रेजीका ७०, गणितका ८७, विज्ञानका १ सय ९, सामाजिक अध्ययनका ४७, ऐच्छिक प्रथम ९ र ऐच्छिक द्वितीय १७ गरी ४ सय २ शिक्षक पद रिक्त हुने केन्द्रले जनाएको छ ।

    केन्द्रले सार्वजनिक गरेको विवरणमा संशोधन गर्नुपर्ने भएकोमा कारणसहित सूचना प्रकाशित भएको सात दिनभित्रमा पेस गर्न भनेको छ । संशोधनको लागि कुनै विवरण नआएको खण्डमा अहिले सार्वजनिक गरेको विवरण नै शिक्षक सेवा आयोगलाई पठाइने जनाएको छ । उक्त विवरण पछि संशोधन हुन नसक्ने  सूचनामा उल्लेख गरिएको छ ।

     

     

     

     

     


    images
    images

    Logo