images
images

५ करोड ६५ लाखमा ललितपुर महानगरले किन्यो २ वटा दमकल


  • 353
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    ५ करोड ६५ लाखमा ललितपुर महानगरले किन्यो २ वटा दमकल

    पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताएका छन् । महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुईवटा अत्याधुनिक दमकल परिचालनको शुभारम्भ गँदै उनले विपद् न्यूनीकरण र व्यवस्थापनका लागि सामूहिक प्रयत्नको खाँचो पर्दछ भने ।

    “हामीसँग १ सय ६ वर्ष पुरानो डेनिस दमकल पनि सञ्चालनमा रहेको छ । अहिले आएको यो दमकल अरू दमकल पुग्न नसक्ने ठाउँमा पनि पाइपको माध्यमबाट सहयोग पुर्याउने छ । पानीले ननिभ्ने आगोलाई फोम हालेर निभाउन मिल्ने यो दमकलले धेरै नै ठूलो सहयोग पुग्ने जनाइएको छ ।  

    महानगरका खरिद महाशाखा प्रमुख सागर थापाका अनुसार अमेरिकी मापदण्डका यी दुई दमकल खरिदका लागि २०७९ असोजमा सम्झौता भएको थियो । २ वटा अत्याधुनिक दमकलको लागत मूल्य ५ करोड ६५ लाख रुपैयाँ रहेको उनले जानकारी गराए । 
     
    दमकलको प्राविधिक पक्षको जानकारी मेकानिकल गराउनु हुँदै महानगरका इन्जिनियर पुष्कर भट्टराईले यो दमकलले १ सय २० मिटरसम्म उच्च क्षमतामा पानी र केमिकलको फोहोरा हान्न सक्ने जानकारी गराए ।  उनका अनुसार ती दमकलमा २ हजार ५ सय लिटर पानी भण्डारण क्षमता छ । यी दमकलहरु उपत्यकाका सबै क्षेत्रमा विपद् पर्दा उपलब्ध हुने जनाइएको छ ।  

    विपद् व्यवस्थापन, सडक पूर्वाधार र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको ललितपुर महानगरले यसअघि नै अत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याइसकेको छ ।


    images
    images

    Logo