images
images

काठमाडौं महानगरले उठायाे करिब ३ अर्ब राजस्व, सवैभन्दा धेरै घरवहाल करबाट


  • 386
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    काठमाडौं महानगरले  उठायाे करिब ३ अर्ब  राजस्व, सवैभन्दा धेरै घरवहाल करबाट

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ अर्ब ९२ करोड ९६ लाख ९ हजार रुपैयाँ राजस्व असुल गरेको छ । 

    उक्त रकम गत आर्थिक बर्षको सोही अवधिको भन्दा १७ करोड रुपैयाँले बढी हो । काठमाडौं महानगरपालिकाले गत आर्थिक बर्षको पहिलो चौमासिकमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार रुपैयाँ राजस्व असुल गरेको काठमाडौं महानगरपालिकाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार चालु आर्थिक बर्षको चार महिनामा सबैभन्दा धेरै घरबहाल कर ८१ करोड ९२ लाख रुपैयाँ र सम्पत्ति कर ४१ करोड ८६ लाख रुपैयाँ असुल भएको छ  ।    

    काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षका लागि १० अर्ब ८० करोड रुपैयाँ राजस्व असुलको लक्ष्य लिएको छ । पछिल्लो समय काठमाडौं महानगरपालिकामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ । “गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्य रूपमा बढेका छन्”, उनले भने, “पछिल्लो समय १ हजार ३ सय करदाता थपिएका छन् ।” 

    अहिले कामपामा तीन लाखभन्दा बढी करदाता रहेका काफ्लेले जानकारी दिए । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय लामो समयदेखिको बक्यौता रकमसमेत उठ्न थालेको उनले बताए । काठमाडौं महानगरपालिकाले ३२ वटै वडा कार्यालयबाट राजस्व सङ्कलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्न थालेको काफ्लेको भनाइ छ ।  

    लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताका लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व सङ्लग्नमा थप सहज भएको छ ।

    यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढीका लागि कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले बताए । उनका अनुसार हाल काठमाडौं महानगरपालिकाले सम्पत्ति, बहाल, मनोरञ्जन, व्यवसाय, विज्ञापन करलगायत ९ शीर्षकमा कर सङ्कलन गर्दै आएको छ ।


    images
    images

    Logo