images
images

नेपालगञ्जको लागि उडेको जहाज अवतरण नगरि काठमाडौं फर्कियो


  • 451
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    नेपालगञ्जको लागि उडेको जहाज अवतरण नगरि काठमाडौं फर्कियो

    काठमाडौं । नेपालगञ्जको लागि उडेको बुद्ध एअरको एटिआर विमान अवतरण नगरि पुनः काठमाडौं नै फर्किएको छ । नेपालगञ्जको मौसम खराब रहेको र त्यस्तो अवस्थामा अवतरण गर्न असहज हुने भएका कारण उक्त जहाज काठमाडौं नै फर्किएको हो । 

    आज बिहान काठमाडौंबाट बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौं फर्किएको बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीत शाहले बताए । उनले नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुन काठमाडौं फर्काइएको र बिहान नै काठमाडौंमा अवतरण गराइसकेको बताए । 

    नेपालगन्ज विमानस्थलको मौसम ठिक भएपछि बिहान साढे नौ बजे मात्र खुला भएको जनाउँदै बुद्ध एअर नेपालगन्जले आगामी उडानहरू नियमित समयमा हुने जनाएको छ । 


    images
    images

    Logo