images
images

भारत सरकारद्वारा चौथो चरणको भूकम्प राहत सामग्री हस्तान्तरण


  • 238
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    भारत सरकारद्वारा चौथो चरणको भूकम्प राहत सामग्री हस्तान्तरण

    काठमाडौं । भारत सरकारले अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्यो ।

    नेपाल चिकित्सक संघको माग अनुरुप भारतले ती राहत सामग्री उपलब्ध गराएको हो । ती राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन् ।

    जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।

    छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ ।

    नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिईरहेको छ ।


    images
    images

    Logo