images
images

डा थापाको जीवनीमा आधारित ‘राष्ट्र–परराष्ट्र’ पुस्तक सार्वजनिक


  • 327
    SHARES
  • २०८० मंसिर ५ गते मंगलबार

    डा थापाको जीवनीमा आधारित ‘राष्ट्र–परराष्ट्र’ पुस्तक सार्वजनिक

    काठमाडौं । वरिष्ठ अर्थशास्त्री एवं कूटनीतिज्ञ डा भेषबहादुर थापाको जीवनीमा आधारित ‘राष्ट्र–परराष्ट्र’ पुस्तक आज सार्वजनिक भएको छ । पत्रकार हरिबहादुर थापाद्वारा लिखित सो पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो । 

    डा थापाले २०६० को दशकदेखि करिब ४० वर्ष नेपालको प्रशासनिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा पुर्याएको योगदान, भूमिका र अनुभवलाई पुस्तकमा समेटिएको छ ।

    विमोचन समारोहमा सांसद् एवं अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपालको आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका डा थापाको जीवनीमा आधारित महत्वपूर्ण पुस्तकबाट सम्पूर्ण नेपाली लाभान्वित हुने धारणा व्यक्त गरे । सांसद सुमना श्रेष्ठले डा थापाको जीवनीमा आधारित पुस्तक हाम्रो र भावी पुस्ताका लागि महत्वपूर्ण ग्रन्थ हुने उल्लेख गर्दै घटनाक्रमलाई विस्तृतरूपमा समेटेर अर्को पुस्तकको भाग–२ प्रकाशित गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरिन् । 

    अर्थशास्त्री डा थापाले आफ्नो व्यक्तिगतभन्दा पनि व्यावसायिक जीवनमा देखेका, भोगेका, अनुभवजन्य महत्वपूर्ण घटनाक्रम पुस्तकमा समेटिएको जानकारी दिए । पत्रकार सुधीर शर्माले शासकभन्दा राज्यप्रति बफादर देखिनुभएका बौद्धिक व्यक्तित्च डा थापाले नेपालको आर्थिक तथा कूटनीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएको बताए । 

    पुस्तकका लेखक एवं पत्रकार थापाले करिब १० वर्षअघि लेख्न सुरु गरिएको पुस्तक कारणवश सार्वजनिक हुन ढिलो भएको उल्लेख गर्दैै डा थापाजस्ता विलक्षण प्रतिभा भएका व्यक्तिको पदीय भूमिकाका कारण एकदलीय पञ्चायती शासन व्यवस्थामा समेत देशको आर्थिक तथा कूटनीतिक क्षेत्रमा गर्व गर्नलायक काम हुन सफल भएको हो भने ।  

    पुस्तक सांसद वाग्ले र श्रेष्ठ, डा थापा, पत्रकार शर्मा र लेखक थापाले आज यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा लोकार्पण गरेका हुन् । 


    images
    images

    Logo