काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख १६ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १६ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार २ सय रुपैयाँले बढेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ६ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।