images
images

चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि आवेदन आह्वान


  • 271
    SHARES
  • २०८० मंसिर ५ गते मंगलबार

    चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि आवेदन आह्वान

    काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकबाट सात दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समय भित्र दरखास्त पेस गर्न आह्वान गरेको हो ।

    राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा २९ को उपदफा (६) बमोजिम निर्देशकको नियुक्तिका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा सिफारिस समिति रहने व्यवस्था रहेको छ ।

    ऐन, २०७५ को दफा २८ बमोजिम चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनका लागि मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्ननयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन ओटा निर्देशनालय तथा एक बोर्ड रहने व्यवस्था रहेको छ । 

    Screenshot 2023-11-21 072319.png

     


    images
    images

    Logo