काठमाडौं । काठमाडौं महानगरपालिकाले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान विभिन्न कार्यक्रम सञ्चालन गरी मनाउन अनुरोध गरेको छ ।
महानगरको सामाजिक विकास विभागका निमित्त विभागीय प्रमुख शारदा देवी सोतीले यो वर्ष तय गरिएको ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ अन्तराष्ट्रिय नाराका साथ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सो अभियान मनाउन अनुरोध गरिएको जानकारी दिइन् ।
उनका अनुसार महानगरभित्र महिला सदस्यको संयोजकत्वमा गठन भएका सबै महिला सञ्जालको नेतृत्वमा सबै वडामा महिला हिंसाविरुद्ध काम गर्ने विभिन्न संस्थाहरुसँग समन्वय गरी सो अभियान सञ्चालन गर्न अनुरोध गरिएको छ ।
