प्याराग्लाइडिङ भन्नेबित्तिकै सम्झिने ठाउँ हो पोखरा र सराङकोट । नेपालकै पहिलो प्याराग्लाइडिङ त्यही सुरु भएको थियो ।अन्तरालमा स्याङ्जा, पाल्पा, तनहुँ, सिन्धुपाल्चोक, धरान लगायतका स्थानमा यसको विस्तार भए पनि यसले पोखराले छोडेकोछापलाई बदल्न सकेको छैन ।
प्याराग्लाइडिङको अधिकतम उडान आधा घण्टाको हुन्छ । कम समय लाग्ने भएकोले यो साहसिक उडान पर्यटनको एउटा भाग मात्रैबन्न सक्छ सम्पूर्ण होइन । घुमघामको सिलिलामा बिना पूर्वयोजना नै प्याराग्लाइडिङ गर्नेको संख्या अझै धेरै हुन्छ । पोखरा आफैँमाघुम्ने उत्कृष्ठ गन्तव्य भएको कारणले हुन सक्छ अहिले पनि प्याराग्लाइडिङ भन्नेबित्तिकै पोखरा र सराङकोट नै सम्झिन्छन् ।
तर, अहिले प्रतिबन्ध खुलाउने संघर्ष गरिरहेको पोखराको प्याराग्लाइडलाई अर्को धक्का दिनेगरी चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु भएको छ ।
खासगरी चन्द्रागिरि घुम्न गएका पर्यटकलाई आकर्षित गर्नेगरी यो सेवा सुरु गरिएको छ । प्रशिक्षक पाइलट सानोबाबु सुनुवारकोकम्पनी 'बाबु एड्भेन्चर्स'ले यो सेवा सुरु गरेको हो । चन्द्रागिरिस्थित २३०० मिटरको उचाइबाट सुरु हुने उक्त प्याराग्लाइडिङचित्लाङको १७०० मिटरमा ल्यान्डिङ हुने जनाइएको छ ।
प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको 'एरियल भ्यु'का साथै काठमाडौँ उपत्यका तथा रसुवा र धादिङका भूभाग समेतदेख्न पाइने जनाइएको छ । त्यस्तै, मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर ताल एवं हिमाल र जंगलकोहरियाली समेत देख्न सकिने जनाइएको छ । सो क्षेत्रबाट एकैपटक १२ वटा उडान र अवतरण गर्ने व्यवस्था गरिएको कम्पनीलेजनाएको छ ।
शुल्क भने दोब्बर महँगो
शुल्कको हिसाबले भने चन्द्रागिरिको प्याराग्लाइडिङ सराङकोटको भन्दा दोब्बर बढी महँगो छ । पोखरामा न्युनतम ३५०० रुपैयाँमायातायात तथा फोटो भिडियोको व्यवस्था सहित प्याराग्लाइडिङ हुने गरेको थियो । तर, यहाँ यस्तो शुल्क ८ हजार तोकिएको छ ।
यातायातको व्यवस्था गर्नेलाई ७ हजार २ सय शुल्क तोकिएको कम्पनीले जनाएको छ । उडानको अवधि १५ देखि २५ मिनेटको रहनेजनाइएको छ । यो शुल्कमा फोटो र भिडियो उपलब्ध गराइने जनाइएको छ ।



