images
images

४५ दिने समय दिएर नेपाल वायुसेवा निगमद्वारा ३ वटा जहाज किन्न बोलपत्र आह्वान


  • 674
    SHARES
  • २०८० कार्तिक ५ गते आइतबार

    ४५ दिने समय दिएर नेपाल वायुसेवा निगमद्वारा ३ वटा जहाज किन्न बोलपत्र आह्वान

    काठमाडौं । नेपाल वायुसेवा निगमले  दुर्गम क्षेत्र उडानको लागि ३ वटा नयाँ जहाज किन्ने भएको छ । निगमले  जहाज किन्न  आइतबार ४५ दिनको समय दिएर सार्वजनिक प्रस्ताव आह्वान गरेको छ । निगमले छोटो दुरीको उडान तथा अवतरण गर्ने (स्टोल) जहाज किन्ने भएको हो ।

    सूचनामा ५ डिसेम्बर २०२३ सम्ममा शिलबन्दी प्रस्ताव पेश गर्न इच्छुक आपूर्तिकर्तालाई आह्वान गरिएको छ ।

    निगमले आफ्नै स्रोतबाट जहाज किन्ने भएको छ । ३ वटा जहाज किन्न निगमसँग भएको सञ्चित कोष प्रयोग गर्दै छ । उक्त कोषमा ३ अर्ब भन्दा बढी रकम रहेको छ ।

    NAC.jpg


    images
    images

    Logo