images
images

मर्मतपछि नेपाल एयरलाइन्सका सबै ग्राउन्डेड जहाजहरू सञ्चालनमा


  • 441
    SHARES
  • २०८० कार्तिक १ गते बुधबार

    मर्मतपछि नेपाल एयरलाइन्सका सबै ग्राउन्डेड जहाजहरू सञ्चालनमा

    काठमाडौं । नेपाल एयरलाइन्सका सबै जहाजहरू आवश्यक मर्मतपछि सञ्चालनमा आएका छन् । गत केही दिनदेखि प्राविधिक समस्या आएका कारण अल्पकालीन ग्राउन्डेड भएका जहाजहरु पुनः सञ्चालनमा आएका हुन् । 

    एयरलाइन्सले नियमानुसार आवश्यक मर्मत पश्चात् नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा असोज २९ गतेदेखि सबै जहाजहरू नियमित उडानमा रहेको जनाएको छ । यसबाट चाडपर्वका अवसरमा सबै यात्रुहरूलाई आआफ्नो गन्तव्यमा पुग्न सहज हुने एयरलाइन्सको विश्वास रहेको छ ।

    अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रु वर्गमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै एयरलाइन्सले आगामी दिनमा यस्ता समस्या न्यूनीकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान  प्रतिबद्धता पनि जनाएको छ । 

    यसैबिच कार्यकारी अध्यक्ष युवराज अधिकारीले यस्ता समस्याहरू दोहोरिन नदिने गरी काम गर्न सम्बन्धित प्राविधिक विभागहरूलाई कडा निर्देशन दिएका छन् । जहाज ग्राउन्डेड हुनुका कारणहरूबारे स्पष्ट पार्न र कतै कसैको कमी कमजोरी भएमा कडा कारबाही समेत हुने उनको भनाइ छ । 


    images
    images

    Logo