काठमाडौं । देशभरका ४२ हिमाल आरोहणका लागि ८ सय ८१ जनालाई अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शरद ऋतुमा हिमाल चढ्न १ सय १४ टोलीका ८ सय ८१ जना आरोहीले अनुमति लिएका हुन् ।
विभागका अनुसार शुक्रबारसम्म कुल ४२ हिमालका लागि आरोहण अनुमति जारी भएको छ । जसमा ७ सय २ जना पुरुष र १ सय ७९ जना महिला आरोहीले अनुमति लिएका छन् ।
बैभन्दा बढी मनास्लु हिमालमा २६ टोलीका ३ सय १ जना यात्रुले आरोहण अनुमति लिएका छन् । जसमा ६५ जना महिला छन् । अमादब्लम हिमालमा १८ टोलीका १ सय ९८ जनाले अनुमति लिएका छन् । हिमलुङ हिमालमा १४ टोलीका १ सय ११ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ । पुठा हिउँचुलीमा ५ टोलीका ३३ जनालाई अनुमति जारी भएको विभागको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, कुम्भकर्णमा ६ जनाले अनुमति लिएका छन् भने नेमलुङ हिमालमा ५ जनाले, मकालु हिमालमा ४ जना, थापापिकमा २ जना, अन्नपूर्णमा ४, आमादब्बलममा १८ टोलिले १ सय ९८ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ
यस सिजनमा विभागले रोयल्टीबाट ५ करोड ७७ लाख ३७ हजार ९ सय ९१ रुपैयाँ संकलन गरेको छ । मनास्लु हिमाल विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् ।



