काठमाडौं । नेपालको पर्यटन क्षेत्रको इतिहासमै एकै पटक तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटकहरूले नेपाल भ्रमण गर्ने भएका छन् । आगामी अक्टोबर २१, २५ र २९ मा हिमालय एअरलाईन्स का एयरबस ए३२० विमान चार्टर गरेर भियतनामबाट काठमाडौं, पोखरा, लुम्बिनी लगायताका स्थान भ्रमण गर्ने गरी उच्च वर्गीय पर्यटकहरू काठमाडौं अवतरण गर्ने भएका हुन् ।
नेपाली ट्राभल एजेन्सीको अगुवाइमा नेपाली पर्यटन क्षेत्रको इतिहासमै पहिलो पटक एकै पटक तीन वटा विमान चार्टर गरेर पर्यटकको आदानप्रदान गर्ने तयारी गरेको रुपसे होलिडेजले जनाएको छ । भियतनामबाट काठमाडौं ओर्लिएका पर्यटकहरूले काठमाडौं उपत्यकाका अलावा बुद्धको जन्मस्थान लुम्बिनी तथा पोखराको समेत भ्रमण अवलोकन गर्ने जनाइएको छ । त्यस्तै पर्यटकहरू भने नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योगाभ्यासका लागि थप समय बस्ने जनाइएको छ ।