काठमाडौ । कोभिड–१९ को महामारीको संकटमा रहेका विरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षार्थ नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सुरक्षा सामाग्री वितरण पुनः शुरु गरेको छ ।
दी कोका–कोला फाउण्डेशनसँगको साझेदारीमा स्वास्थ्य सुरक्षा समाग्री वितरण पुनः शुरु गरेको हो । यस अघि पनि नेपाल रेडक्रस सोसाइटीले साझेदार सोसाइटी र कोकाकोला फाउण्डेशन सँगको सहयोगमा देशैभर स्वास्थ्य सुरक्षा सामाग्री र ७ वटा भेन्टीलेटर वितरण गरेको थियो ।
नेपाल रेडक्रसले काठमाडौँको टिचिङ्ग अस्पताल माहारागंज, सशत्र प्रहरी अस्पताल बलम्बु र नेपाल मेडिकल एशोशियसनलाई सामाग्री हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागका निर्देशक डा मनिता राजकर्णिकार र कोकाकोलाका के दुराइ मुरागन – कन्ट्री सप्लाइ चेन डिरेक्टरले सयूक्त रुपमा टिचिङ्ग अस्पतालका डा रमेश महर्ननलाई एक कार्यक्रमका विच शुरक्षा सामग्रीहरु हस्तान्तरणको गरेका थिए । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा १२ हजार ५०० थान सर्जिकल मास्क, पाँच हजार जोडी पञ्जा, ९६० बोतल स्यानिटाइजर रहेको छ । यस्तै नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागका निर्देशक डा मनिता राजकर्णिकार ले सशत्र प्रहरी अस्पतालका उप निर्देशक डा. मिना कँुवरले १२ हजार ५०० थान सर्जिकल मास्क, पाँच हजार जोडी पञ्जा, ९६० बोतल स्यानिटाइजर हस्तान्तरण गरे ।
नेपाल मेडिकल एशोसियनका अध्यक्ष डाक्टर लोचन कार्कीलाई एशोशियसनको कार्यालयमा नेपला रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागका निर्देशक डाक्टर मनिता राजकर्णिकारले स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका छन् ।
“नेपाल रेडक्रस र दी कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्न र अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको संरक्षण गर्न र स्टप द स्प्रिड अभियानलाई मुर्तरुप दिने एउटा प्रयास हो ।” नेपाल रेडक्रस स्वास्थ्य सेवा बिभागका निर्देशक डा मनिता राजकर्णिकार ले बताए ।
आम नागरिकहरुलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई दैनिक प्रयोग हुने सामाग्रीहरु धैरेमात्रमा खपत रहने र यस्ता सहकार्यबाट प्राप्त सामाग्रीहरुले थप उर्जा प्राप्त गर्ने कुरा सशत्र प्रहरी अस्पतालका उपनिर्देशक डा. मिना कँुवरले बताइन् ।
नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डाक्टर लोचन कार्कीले नेपाल रेडक्रस सोसाइटीले महामारीको समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी र स्वयंसेवकको व्यक्तिगत स्वास्थ्य सुरक्षामा पुर्याउँदै आएको सहयोग प्रशंसनिय रहेको बताए । यस्तै पाटन अस्पताल लगनखेल, जनमैत्रि अस्पताल बालाजुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पनि व्यक्तिगत शुरक्षा सामग्रीहरु हस्तान्तण गरिने निर्देशक कर्णिकारले बताए । डा. कर्णिकार भन्छन्, यसका अलावा साझेदारी अन्तरर्गत नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका प्राविधिक र स्वास्थ्य कर्मचारी, र एम्बुलेन्स चालकहरु पनि लाभान्वित हुनेछन् ।
कोभिड–१९ को महामारीमा संकटमा रहेका विरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धि तथा नेपाल सरकारले सञ्चालन गर्ने खोप केन्द्रहरुमा नेरेसोका स्वंयसेबक परिचालन गर्नुका साथै उमेर समुहका अति बिपन्न अपाङ्गता भएका ब्यक्तिहरुलाई खोपको सहज पँहुचका लागि यातायातको समेत ब्यबस्थापनका लागि नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कोका–कोलासँग साझेदारी गरेको छ । स्टप द स्प्रिड अभियानलाई मुर्तरुप दिन नेरेसोले कोकाकोला सगंको साझेदारीमा बागमति प्रदेशका काठमान्डौ, भक्तपुर, ललितपुर, चितवन, धादिङ्ग र गण्डकी प्रदेशको कास्की, तनहु, गोर्खा, लमजुङ्ग र नवलपरासी पुर्बका जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरेको छ । सो अभियान अन्र्तगत उक्त १० जिल्लामा नेपाल सरकारले सञ्चालन गरेका खोप केन्द्रहरुमा कार्यक्रम मार्फत ३१ हजार जना लाभान्बित भएका छन् ।
तीव्र गतिले फैलिइरहेको कोभिड–१९ महामारीको परिस्थितिमा संक्रमण रोकाथाम र नियन्त्रणमा नेपाल रेडक्रसले स्वास्थ्य, सरसफाई, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेन्टिन सहयोग लगायत विभिन्न क्षेत्रमा सरकार, स्थानीय तह, स्थानीय समुदाय, रेडक्रसका विभिन्न निकायहरु, दाता र साझेदारसँग मिलेर काम गरिरहेको छ ।



