images
images

सरकारको धम्कीपछि पछि हटे यातायात व्यवसायी, सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला


  • 593
    SHARES
  • २०८० आश्विन १९ गते शुक्रबार

    सरकारको धम्कीपछि पछि हटे यातायात व्यवसायी, सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला

    काठमाडौं । टिकट बुकिङ नखोले सेना प्रहरी र स्कुल बसहरुबाट यात्रु ओसार्ने सरकारको धम्की पछि यातायात व्यवसायीहरु टिकट बुकिङ नखोल्ने अडानबाट पछि हटेका छन् । भाडा समायोजन नगरि बुकिङ खोल्ने बताएका व्यवसायीहरु सोमबारदेखि बुकिङ खोल्न राजी भएका हुन् । 

    शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले बताए ।

    अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

    विभागका महानिर्देशक उद्धव रिजालले टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने बताएका छन् । कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन गरिने उनले बताए ।

    दसैंका लागि मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने र सडकलाई सहज बनाउने कामलाई तीव्र पारिएको भौतिक मन्त्रालयले जनाएको छ ।


    images
    images

    Logo