काठमाडाैं । केही समय अघि आईपीओ जारी गरेको पहिला लघुवित्तले गत आवको अन्त्यसम्ममा ९ करोड २९ लाख बढीको खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्त कम्पनीले सो नाफासँगै सबैजसो सूचकहरुमा लोभलाग्दो प्रगति गरेको छ ।
हाल चुक्ता पुँजी १० करोड रहेको सो कम्पनीको जगेडा कोषमा २२ करोड ८ लाख रुपैयाँ रहेको छ । लघुवित्त कम्पनीले सो अवधिमा ९२ रुपैयाँ ९८ पैसा प्रतिशेयर आम्दानी गरेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ ३२० रुपैयाँ रहेको छ ।
सो लघुवित्त कम्पनीले अघिल्लो आवको अन्त्यसम्ममा ३ करोड ४७ लाख रुपैयाँ कमाएको थियो । यो प्रतिवेदनसँगै सो लघुवित्त कम्पनी हालसम्म वित्तिय विवरण सार्वजनिक गर्ने लघुवित्तहरुमध्ये सर्वाधिक प्रतिशेयर आम्दानी गर्ने लघुवित्त कम्पनी बनेको छ ।