images
images

२६ हिमाल आरोहण गर्न ५१ देशका ४ सय ३६ जनाले लिए अनुमति, ४ करोड १० लाख रोयल्टी संकलन


  • 591
    SHARES
  • २०८० आश्विन १३ गते शनिबार

    २६ हिमाल आरोहण गर्न ५१ देशका ४ सय ३६ जनाले लिए अनुमति, ४ करोड १० लाख रोयल्टी संकलन

    म्याग्दी । चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण सुरु भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि  म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट टे«क्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको हो । शुक्रबार ४ जना विदेशीसहित १३ जनाले धौलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेकका शेर्पा मिङमा शेर्पाले जानकारी दिए । 

    रुसका एलिना पेकोवा, फ्रान्सका कलास्डेयर म्याकेन्जी, आइसल्याण्डका होस्कुडर होड्डी र ब्राजीलका मोसेस फियामोन्सिनीले आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरिको सफल आरोहण गर्नुभएको शेर्पाले बताए  । सो टोलीमा रहनुभएका निमा रिन्जी शेर्पा, तेन्जेन शेर्पा (लामा), मिङतेम्बा शेर्पा, पासाङ नुर्वु शेर्पा, पासाङ दावा शेर्पा, नाङबा शेर्पा, मिङमा नुुरवु शेर्पा र पेम्बा दोर्ची शेर्पा पनि धौलागिरिको चुचुरोमा पुगेका छन् । 

    विभिन्न टे«किङ कम्पनीमार्फत चार समूहका १२ पुरुष र ११ महिला पर्वतारोहीले धौलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धौलागिरि हिमाल आरोहणको अनुमति लिएका अरोहीबाट २७ लाख ४३ हजार ५ सय १५ रोयल्टी (सलामी दस्तुर) प्राप्त भएको छ । 

    गत वसन्त याममा चार समूहका १२ महिलासहित ३७ जनाले धौलागिरि हिमाल आरोहण गर्दा रु ८६ लाख २४ हजार ३ सय ३० शुल्क सङ्कलन भएको थियो । पर्यटन विभागले शुक्रबार जारी गरेको विवरणअनुसार चालु यामका लागि नेपालका २६ हिमाल आरोहण गर्न ५१ देशका ४ सय ३६ जनाले अनुमति लिएका छन् । 

    उनीहरुबाट ४ करोड १० लाख १४ हजार ७ सय ९७ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । वसन्त याममा नेपालका २८ हिमाल आरोहण गरेका १ हजार १ सय ७६ जनाले ७६ करोड ५७ लाख ५८ हजार ३ रुपैयाँ शुल्क तिरेका विभागले जनाएको छ ।  

    शरदमा सगरमाथाबाहेक ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९ सय डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४ सयसम्म सलामी दस्तुर तिर्नुपर्छ । 

    शरद याममा सबैभन्दा बढी गोरखामा रहेको ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २६ समूहका ३ सय १ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लु पछि धेरै आरोहणको अनुमति लिएको हिमाल धौलागिरि हो । 

    हिमचुली १४ जना, आमदब्लाम हिमाल १० जना, टुकुचे पिक र बरुण हिमाल ८÷८ जना, खयाङ ६ जना, पुथा, कुम्बकर्ण, लिङटे«न, चोयु हिमाल आरोहण गर्न ५÷५ जनाले अनुमति लिएका छन् । 


    images
    images

    Logo