काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले दुई कम्पनीका तीन हेलिक्टर उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले हवाई उडान सुरक्षाको उल्लंघन गरेको भन्दै फिस्टेल र श्री एयरका हेलिकप्टर उडानमा रोक लगाएको हो ।
भिजुअल फ्लाइट रुल (भीएफआर) उडान सुरक्षा नियमको गम्भीर उल्लंघन गरेको भन्दै फिस्टेल एयरका २ र श्री एयरको एक हेलिकप्टरलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ ।
उक्त हेलिकप्टर सोलुखुम्बु क्षेत्रमा बादलले ढाकेको बेलामा एकआपसमा झन्डै ठोकिनेगरी ल्याण्ड गर्न खोजेपछि क्यानले कारवाही गरेको हो । दुई कम्पनीका एस ३५० मोडलका हेलिकप्टरलाई छानवीन गरि अर्को निर्णय नभएसम्मका लागि उडानमा रोक लगाइएको छ ।