images
images

रियलमीको १०८ एमपी क्यामेरा भएको ११ फाइभजी र ११ एक्स फाइभजी नेपालमा, मूल्य कति ?


  • 2.1K
    SHARES
  • २०८० आश्विन ७ गते आइतबार

    रियलमीको १०८ एमपी क्यामेरा भएको ११ फाइभजी र ११ एक्स फाइभजी नेपालमा, मूल्य कति ?

    काडमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएका छन् । कम्पनीले शुक्रवार ठमेलस्थित छाँया सेन्टरमा आयोजना गरेको फ्यान फेस्टका क्रममा  रियलमी ११ एक्स फाइभजी र रियलमी ११ फाइभजी गरी दुई ओटा स्मार्टफोन सार्वजनिक गरेको हो । 

    दुवै मोडेलका फोनमा कनेक्टिभिटी, पर्फर्मेन्स र स्टाइललाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । रियलमी ११ फाइभजीमा मिडियाटेकको उच्च स्तरीय ६ एनएम डाइमेन्सिटी ६१०० प्लस एसओसी पावरफुल चिप सेट राखिएको छ ।

     डाइनामिक र्‍याम एक्स्पान्सन प्रविधि प्रयोग गरेर यसको मेमोरी १६ जीबीसम्म बढाउन मिल्छ । फाइभजी कनेक्टिभिटीसहित आउने यो सेटमा ३३ वाटको सुपरभोक चार्जिङ प्रविधि राखिएको छ । जसले २९ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सक्छ । क्यामेराको कुरा गर्नुपर्दा फोनमा यो सेगमेन्टकै सबैभन्दा धेरै ६४ एमपी एआई क्यामरा राखिएको रियलमीको दाबी छ । जसले क्लियर, शार्प, र डिटेल तस्बिर लिन सक्छ ।

    दुई गुणा इन–सेन्सर जुम भएको हुँदा यो क्यामराको जुम गुणस्तर पनि राम्रो रहेको बताइएको छ । त्यस्तै यसको नाइट–स्केप मोडमा रियलमीको फ्ल्यागशिप लेबल प्रो– लाइट इमेजिङ सफ्टवेयर प्रयोग गरिएको छ । जसले गर्दा यो फोनबाट रातको समयमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिन्छ । ५००० एमएएचको ब्याट्री राखिएको रियलमी ११ एक्समा एक पटक फुलचार्ज गरेपछि दिनभर ढुक्कसँग भिडियो हेर्न वा गेम खेल्न सकिन्छ । एन्ड्रोइड १३ सपोर्ट गर्ने यो फोनमा रियलमीको ४।० यूआई रहेको छ । 

    ६।७२ इन्चको अल्ट्रा स्मुथ फुल एचडी प्लस आईपीएस स्क्रिन र १२० हर्जको रिफ्रेश रेट भएको यो फोनले उच्च स्तरीय डिस्प्ले अनुभव गराउँछ । यसको ब्राइटनेस ६८० निट्ससम्मको रहेको छ।

    अन्य फिचरको कुरा गर्दा यो फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, एक्सिलेरोमिटर, प्रोक्सिमिटी, कम्पास जस्ता सुविधा पनि रहेका छन् । त्यस्तै रियलमी ११ फाइभजीमा मिडियाटेक डाइमेनसिटी ६ एनएम ६१०० प्लस चिपसेट राखिएको छ । यसमा भएको आठ जीबी र्‍यामलाई डाइनामिक र्‍याम एक्स्पान्सन प्रविधि प्रयोग गरी १६ जीबीसम्म बढाउन मिल्छ ।

    ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यो सेटमा ६७ वाटको सुपरभोक चार्जिङ प्रविधि समावेश छ । जसले १७ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्री चार्ज हुने दाबी गरिएको छ । १०८ मेगापिक्सेलको सामसँग आईसोसेल एचएम ६ प्राइमरी क्यामेरा र दुई एमपीको सेकेन्डरी क्यामेरा सहितको डुअल क्यामेरा सेटअपमा आउने रियलमी ११ फाइभजीमा सेल्फी र भिडियो कलको लागि १६ एमपीको फ्रन्ट क्यामरा राखिएको छ ।

    ६.७२ इन्चको फुल एचडी प्लस आईपिएस स्क्रिन र १२० हर्जको रिफ्रेश रेट भएको यो फोनले उच्चस्तरीय डिस्प्ले अनुभव दिन्छ । यो डिस्प्लेमा २४० हर्जको टच स्याम्प्लिङ रेट रहेको छ ।  यसको ब्राइटनेस ६८० निट्ससम्म छ । अन्य फिचरको कुरा गर्नु पर्दा यो फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, जाइरो सेन्सर, एक्सिलेरोमिटर, प्रोक्सिमिटी, कम्पास जस्ता सुविधा समावेश छन् । एन्ड्रोइड १३ सपोर्ट गर्ने यो सेटमा रियलमीको ४.० यूआई रहेको छ । 

    कति छ मूल्य ?

    ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज क्षमता भएको रियलमी एक्स फाइभजीको मूल्य २९ हजार ९ सय ९९ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज क्षमताको रियलमी ११ फाइभजीको मूल्य ३९ हजार ९ सय ९९ रहेको छ । यो फोन ग्लोरी ब्ल्याक र ग्लोरी गोल्ड गरी दुई ओटा कलर भेरियन्टमा उपलब्ध भएको छ । 

     

     


    images
    images

    Logo