images
images

मनास्लुसहित देशभरका १० हिमाल आरोहणका लागि ३ सय ३९ जनालाई अनुमति 


  • 663
    SHARES
  • २०८० आश्विन ३ गते बुधबार

    मनास्लुसहित देशभरका १० हिमाल आरोहणका लागि ३ सय ३९ जनालाई अनुमति 

    काठमाडौं । यस वर्षको शरद ऋतुमा मनास्लु (८ हजार १ सय ६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् । पर्यटन विभागका अनुसार यो याममा मनास्लु आरोहणका लागि २६ आरोही समूहका ६५ महिलासहित कूल ३ सय १ आरोहीले आरोहण अनुमति लिएका हुन् ।

    यो याममा मनास्लु हिमालसहित विभिन्न १० वटा हिमाल तथा चुली आरोहणका लागि ३५ आरोही समूहका कूल ३ सय ३९ आरोहीले आरोहण अनुमति लिएका हुन् ।  विभागका निर्देशक राकेश गुरुङले मनास्लु आरोहणमा उल्लेख्य सङ्ख्यामा आरोही आएको र भदौ ३१ गते आइतबारदेखि धमाधम आरोहण भइरहेको जानकारी दिए। निर्देशक गुरुङका अनुसार यो यामको पहिलो आरोहणका रुपमा कीर्तिमानी आरोही निर्मल पुर्जाको टिमले आइतबार मनास्लु आरोहण गरेको थियो । योसहित अन्य तीन टिमले मनास्लु आरोहण गरेका छन् ।

    अहिले धेरै आरोही आरोहणका क्रममा छन् । विभागले हिमाल आरोहण अनुमति दिने कार्य पनि जारी राखेको छ । मनास्लु हिमाल विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् ।
         
    सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको २ दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए ।


    images
    images

    Logo