images
images

जनप्रशासन क्याम्पसको खाताबाट २० लाख गायब


  • 1.0K
    SHARES
  • २०८० आश्विन १ गते सोमबार

    जनप्रशासन क्याम्पसको खाताबाट २० लाख गायब

    काठमाडौं । जनप्रशासन क्याम्पसका प्रमुख तथा तत्कालीन निमित्त विभागीय प्रमुख हरिभक्त शाहीले विभागको खाताबाट २० लाख रुपैयाँ गायव बनाएका छन् । बल्खुस्थित जनप्रशासन क्याम्पसलाई जनप्रशासन केन्द्रीय विभागले ऋणमा दिएको रकम हिनामिना गरेको पाइएको हो ।

    हालका विभागीय प्रमुख प्रा। यशोदाकुमारी काफ्लेले २० लाख रुपियाँको खोजी गर्दै ३ चोटी पत्राचार गर्दा पनि चित्तबुझ्दो जवाफ नआएको विभाग स्रोतले जानकारी दिएको छ ।

    हालका क्याम्पस प्रमुख हरिभक्त शाहीले निमित्त विभागीय प्रमुख छँदा २०७६ साल फागुनमा क्याम्पसको खर्च व्यवस्थापनका लागि भन्दै विभागबाट २० लाख रुपियाँ सापटी लिनुभएको थियो । सो रकम क्याम्पसको २०७६/७७ र २०७७/७८ को आर्थिक आय–व्यय विवरणमा उल्लेख नगरी खर्च गरिएको थियो ।

    २०७६ साल कत्तिक ३ गतेदेखि क्याम्पस प्रमुख रहेका शाहीले त्यतिबेला आफैंले जनप्रशासन केन्द्रीय विभागको निमित्त विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका थिए । निमित्त विभागीय प्रमुख भएकै समयमा शाहीले २०७६ साल पुस १३ गते क्याम्पस प्रशासन शाखा प्रमुखबाट रकम सापटी सम्बन्धमा पत्र तयार गर्न लगाई आफैंले पत्रमा तोक लगाएर पैसा निकासी गर्ने निर्णय गरेका थिए ।

    शाहीले विभागको कार्यसमिति, सञ्चालक समिति र सदस्य सचिवलाई समेत जानकारी नगराई सोही दिन क्याम्पसकै लेखा सहायक सविना श्रेष्ठबाट भौचर तयार पार्न लगाई लेखा अधिकृत यादव भट्टराईमार्फत १०१८५७९१२ नम्बरको चेकबाट २०७६ पुस १३ मा २० लाख भुक्तानी लगेको देखिएको हो ।

    लामो समय गुपचुपमै रहेको र हिनामिना गरिएको सो २० लाखको विषय २०७७ साल भाद्र १ गते विभागीय प्रमुखको जिम्मेवारीमा प्राध्यापक यशोदाकुमारी काफ्ले आएपश्चात् थाहा भएको थियो । 


    images
    images

    Logo