images
images

नेपालका हवाई सुरक्षा मूल्याङ्कन सुरु, कालो सूचीबाट हट्ला?


  • 519
    SHARES
  • २०८० भाद्र २८ गते बिहीबार

    नेपालका हवाई सुरक्षा मूल्याङ्कन सुरु, कालो सूचीबाट हट्ला?

    नेपालको हवाई सुरक्षा मूल्याङ्कन (अडिट) गर्न स्थलगत अनुगमनका लागि नेपाल आएको युरोपेली सङ्घ (इयु) को हवाई सुरक्षा कमिटीले काम सुरु गरेको छ । आइतबार नेपाल आइपुगेको चार सदस्यीय इयुको प्राविधिक टोलीले नागरिक उड्डयन प्राधिकरणसँगै वायुसेवा कम्पनीको अडिटको काम सुरु गरेको हो । अनसाइट एसेसमेन्ट भिजिटका लागि नेपाल आएको उक्त टोलीले शुव्रmबारसम्म प्राधिकरणको कामको मूल्याङ्कनसँगै तीनवटा वायुसेवा कम्पनीको हवाई सुरक्षा मूल्याङ्कन पनि गर्नेछ । 

    प्राधिकरण स्रोतका अनुसार उक्त टोलीले अन्तर्राष्ट्रिय उडान गर्ने, आन्तरिक उडान गर्ने र आन्तरिकतर्फ पनि दुर्गममा उडान गर्ने एक/एक वटा वायुसेवा कम्पनी छनोट गरेर अध्ययन सुरु गरेको छ । स्रोतका अनुसार आन्तरिकतर्फ दुर्गममा उडान गर्दै आएको नेपाल वायुसेवा निगम, सुगममा उडान गर्दै आएको श्री एयर लाइन्स र अन्तर्राष्ट्रियतर्फ उडान गर्दै आएको हिमालय एयरलाइन्सको अडिट गर्ने तालिका रहेको छ । यसबाहेक अन्य जुनसुकै हवाई कम्पनीको समेत अडिट हुन सक्नेछ ।

    नेपाली वायुसेवा क्षेत्र सन् २०१४ देखि ईयूको कालो सूचीमा रहँदै आएको छ । यो सूचीमा रहँदा नेपाली एयरलाइन्स र युरोपेली क्षेत्रमा उडान भर्न सकिरहेको छैन । 


    images
    images

    Logo