images
images

भक्तपुरमा खुल्यो नेपालकै ठूलो यामाहा “ब्लु स्क्वायर” शोरुम


  • 945
    SHARES
  • २०८० भाद्र २५ गते सोमबार

    भक्तपुरमा खुल्यो नेपालकै ठूलो यामाहा “ब्लु स्क्वायर” शोरुम

    भक्तपुर । भक्तपुरको कौशलटारमा नेपालकै ठूलो “ब्लु स्क्वायर” शोरुम खुलेको छ । नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले उक्त शोरुम सञ्चालनमा ल्याएको हो । 

    सोमबार एमएडब्ल्यु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र अभिनेत्री प्रियंका कार्कीले संयुक्त रुपमा उक्त शोरुमको उद्घाटन गरेका हुन् । यो शोरुम  दुईपाङ्ग्रे शोरुममध्ये नेपालकै ठूलो, अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको कम्पनीको दाबी छ ।

    यामाहाको विश्वव्यापी नयाँ अवधारणा “ब्लु स्क्वायर”लाई अबलम्बन गरी उक्त शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यामाहाको ग्लोबल मोटर्स स्पोर्ट लिगेसीलाई आत्मसाथ गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राइडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा “ब्लु स्क्वायर” शोरुमलाई लिइएको छ । 

    “ब्लु स्क्वायर” शोरुममा प्रयोग गरिएको “ब्लु” अर्थात् नीलो कलरले यामाहा ब्राण्डको रेसिङ डीएनएलाई झल्काउने र “स्क्वायर”ले सम्पूर्ण (वान स्टप) खरिद केन्द्रलाई जनाउने कम्पनीले जनाएको छ । यो शोरुपमा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसरिज र  एपेरियलहरु एकै ठाउँबाट खरिद अनुभव गर्न पाउने सुविधा रहनेछ । 

    शोरुममा यामाहाको ग्राहकले यामाहा ब्राण्ड र उपलब्धतालाई अझ नजिकबाट महशुस गर्न पाउनुको साथै डिजिटल टेक्नोलोजी मार्फत् क्युआर कोड स्क्यान गरेर भौचरहरु प्राप्त गर्न समेत सक्नेछन् ।

    blue square.jpg

    शोरुम उद्घाटन गर्दै यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, “हामी कौशलटार , भक्तपुरमा हाम्रो यामाहा ब्लु स्क्वायर शोरुम खोल्न गर्न पाउँदा अत्यन्तै हर्षित छौँ। यो पनि सबैभन्दा ठूलो र सबै भन्दा सुविधाजनक शोरूम मध्ये एक हो । यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाईकल स्कुटर एसेसरिज र  एपेरियल उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौँ ।”

    स्थापनाकालदेखिनै यामाहाले ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा भन्दै उनले ब्लु स्क्वायरको उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्डप्रति ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने उनको भनाइ छ । साथै भविष्यमा यामाहाले यस प्रकारका शोरुमहरू नेपालभर सञ्चालनमा लिएर आउने योजना बनाएको समेत उनले बताए । 


    images
    images

    Logo