काठमाडौं । तीजको उपलक्ष्यमा नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ नामक अफर सञ्चालनमा ल्याएको छ । टिकटक प्रयोगकर्तालाई ध्यानमा राख्दै टेलिकमले यस्तो अफर सञ्चालनमा ल्याएको हो ।
यसअनुसार भदौ २४ देखि असोज ७ सम्म कुनैपनि व्यक्तिले तीज गीतमा टिकटक बनाइ पठाउन सक्नेछन् । त्यसरी पठाइएको टिकटकमध्ये उत्कृष्टलाई ४० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार पुरस्कार दिने टेलिकमले जनाएको छ । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई ५०० रुपैयाँको टप अप प्रदान गरिने जनाइएको छ ।
नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको हो । यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा छ ।