काठमाडौं । हिमालयन एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छिन्ताओमा उडान सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँराती र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आज बिहान काठमाडौं–छिन्ताओमा उडानको उद्घाटन गरेका हुन् । उनीहरुले यात्रुलाई खादा लगाएर बिदाई गरेका थिए ।
पर्यटनमन्त्री किरातीले छिन्ताओसम्मको उडानबाट चिनियाँ पर्यटनहरुको संख्या बढ्ने विश्वास व्यक्त गरे । चिनियाँ राजदूत सोङले सन् २०१९मा चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आएको बेला अघि सारेको ट्रान्स हिमालयन कनेक्टीभिटीको अवधारणा अनुसार काठमाडौंछिन्ताओ उडान भएको बताए । काठमाडौं–छिन्ताओको आजको पहिलो उडानमा १ बालकसहित ११२ यात्रु रहेका छन् ।
पछिल्लो समयमा चिनियाँ पर्यटकहरु बढेसँगै नेपाल र चीनबीचको हवाई कनेक्टिभिटी बढ्न थालेको छ । यात्रु बढेसँगै नेपाल चीन उडान गर्ने एयरलाइन्सले उडान संख्या पनि थप्दै गइरहेका छन् ।



