images
images

चिनी भण्डार रित्तो, ल्याउने अनुमति दिँदैन सरकार, चाडपर्व अभावको चिन्ता


  • 767
    SHARES
  • २०८० भाद्र २४ गते आइतबार

    चिनी भण्डार रित्तो, ल्याउने अनुमति दिँदैन सरकार, चाडपर्व अभावको चिन्ता

    काठमाडौं । नेपालमा उत्पादन भएको चिनीको खपत सकिएर भण्डार रित्तो हुँदा पनि सरकारले चिनी आयात गर्न अनुमति दिएको छैन । साल्ट ट्रेडिङ लगायत संस्थाले भन्सार छुटसहित चिनी आयात गर्न एक महिना अघि नै अनुमति माग्दै अर्थ मन्त्रालयमा पत्र पठाए पनि उक्त फाइल अर्थमै रोकिएर बसेको हो । 

    साल्ट ट्रेडिङ कर्पोरेसनका महाप्रबन्धक अर्थ मन्त्रालयको असहयोगका कारण सहुसलयत दरको चिनी आयात गर्ने प्रयास असफल भएको बताए । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले कर छुटसहित आयात गर्ने प्रस्ताव आए पनि यसबारे कुनै निर्णय नभएको पुष्टि गरे । 

    नेपालका वार्षिक करिब २ लाख ८० हजार मेट्रिकटन चिनीको माग छ । यो वर्ष नेपालमा एक लाख मेट्रिकटन मात्रै चिनी उत्पादन भयो जुन लगभग सकिएको छ । अघिल्लो वर्ष ८८ रुपैयाँ पर्ने चिनी कम उत्पादनसँगै अहिले ११४ रुपैयाँ पुगेको छ । 

    नेपालमा प्रमुख चाडहरु दशैं तिहार छठ लगायतमा चिनीको अत्यधिक खपत हुन्छ । आयात अनुमति नपाउँदा अभाव हुनसक्ने सरोकारवालाहरुको चिन्ता छ । (अभियान दैनिकबाट)


    images
    images

    Logo