images
images

कृषि विकास बैंकको नयाँ भर्सन ‘एडीबीएल स्मार्ट’ मोबाइल बैंकिङ लञ्च


  • 911
    SHARES
  • २०८० भाद्र २२ गते शुक्रबार

    कृषि विकास बैंकको नयाँ भर्सन ‘एडीबीएल स्मार्ट’ मोबाइल बैंकिङ लञ्च

    काठमाडौं ।  कृषि विकास बैंकको नयाँ भर्सन ‘एडीबीएल स्मार्ट’ मोबाइल बैंकिङ लञ्च भएको छ । पुरानो मोबाइल भर्सनलाई अपग्रेड गर्दै बैंकले शुक्रबारदेखि नयाँ एप सुरुवात गरेको हो । यसले बैंकका ५ लाख भन्दा बढी मोबाइद बैंकिङ प्रयोगकर्तालाई थप सहज र सरल हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । 

    नयाँ एपमा मोबाइल तथा वेब भर्सनबाट समेत लगइन गरि बैंकिङ कारोवार गर्न सकिने, डेबिट कार्ड, मुद्दति खाता तथा व्यक्तिगत कर्जा सम्बन्धी सेवाहरुको व्याजदर, कारोवार रकम तथा परिपक्व हुने मिति हेर्न सकिने, विभिन्न वालेटहरुमा व्यालेन्स लोड गरी कारोवार गर्न सकिने व्यवस्था गरिएको छ । 

    त्यस्तै, गुनासाहरु टिपाउने डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ कार्ड लगायत हराएमा ब्लकका लागि अनुरोध गर्न सकिने, पीन कोड तथा चेकबूक माग गर्न, मुद्दति खाता खोल्न, दोहोरो प्रमाणीकरण गर्ने लगायत सुविधाहरुसमेत उक्त एपमा थप गरिएका छन् । 

    नयाँ एपबाट विभिन्न मर्चेन्ट भुक्तानी गर्न, तथा व्याजदर बैंकिङ सेवा लगायतबारे जानकारी लिन सकिनेसमेत बैंकले जनाएको छ । 


    images
    images

    Logo