images
images

अब टेलिकम र एनसेलको ब्यालेन्स चेक, ट्रान्सफर र रिचार्जको ‘सर्ट कोड’ एउटै


  • 554
    SHARES
  • २०८० भाद्र ५ गते मंगलबार

    अब टेलिकम र एनसेलको ब्यालेन्स चेक, ट्रान्सफर र रिचार्जको ‘सर्ट कोड’ एउटै

    काठमाडौं । सरकारी स्वामित्व रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकम र निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले एउटै सर्ट कोडहरु प्रयोगमा ल्याएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन कार्यविधि अनुसार दुवै कम्पनीले एकै किसिमका कोड प्रयोगमा ल्याएका हुन् ।

    जस अनुसार अब दुबै कम्पनीका प्रयाेगकर्ताहरुका लागि ब्यालेन्स रिचार्जका लागि १२२, ब्यालेन्स ट्रान्सफरका लागि १३३ र ब्यालेन्सी इन्क्वाइरीका लागि १४४ यूएसएसडी नम्बरको व्यवस्था गरिएको छ ।

    कम्पनीहरुले आआफ्नो सिस्टममा उल्लेखित यूएसएसडी कोड प्रयोगमा ल्याएको भए पनि दुवै कम्पनीले त्यसको सार्वजनिक सूचना भने जारी गरिसकेका छैनन् । कम्पनीहरूले आफ्ना पहिलेकै यूएसएसडी कोड समेत समानान्तर रूपमा प्रयोग गरिरहेका छन् ।

    सेवाप्रदायकअनुसार फरक-फरक सर्ट कोड हुँदा प्रयोगकर्तालाई समस्या भएको ठहर गरेर नियामक प्राधिकरणले यस्तो व्यवस्था गरेको हाे ।


    images
    images

    Logo