images
images

ट्वीटरमा अब कसैलाई पनि ब्लक गर्न नपाइने 


  • 421
    SHARES
  • २०८० भाद्र २ गते शनिबार

    ट्वीटरमा अब कसैलाई पनि ब्लक गर्न नपाइने 

    ट्विटरमा अब प्रयोगकर्ताले कसैलाई पनि ब्लक गर्न नमिल्ने व्यवस्था हुने भएको छ । ट्वीटरका  मालिक एलोन मस्कले चाँडै नै आफ्नो प्लेटफर्मबाट कसैलाई ब्लक गर्ने सुविधा हटाउने घोषणा गरेका छन्।

    कुनै प्रयोगकर्ताले कसैलाई ब्लक गर्दा उसको पोस्टहरू टाइमलाइनमा देखा पर्दैन। न त ब्लक भएका प्रयोगकर्ताले उक्त खाताको कुनै पनि पोस्ट हेर्न सक्छन् न त उनीहरूलाई प्रत्यक्ष सन्देश पठाउन सकिन्छ। तर, अब यो व्यवस्था हटाउन लागिएको मस्कले घोषणा गरेका छन् । 

    यद्यपि यो व्यवस्था एप्पलको एप स्टोर र गुगल प्ले स्टोरका नियम र सर्तहरूको विपरित हो ।दुबै स्टोरका सर्तहरूले सामाजिक सञ्जाल एपहरूले आफ्ना प्रयोगकर्ताहरूलाई उत्पीडन वा धम्की दिने पोस्टहरू फिल्टर गर्ने क्षमता प्रदान गर्नुपर्छ भनी बताउँछन्। यसले गर्दा यी स्टोरहरुमा एक्स उपलब्ध नहुनसक्ने सम्भावना समेत हुनसक्छ । 


    images
    images

    Logo