images
images

रनवेबाट उड्न लागेको जहाजमा समस्या देखियाे, १० विमान आकाशमै होल्ड


  • 434
    SHARES
  • २०८० श्रावण ३० गते मंगलबार

    रनवेबाट उड्न लागेको जहाजमा समस्या देखियाे, १० विमान आकाशमै होल्ड

    काठमाडौं । नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा प्राविधिक समस्या आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुगेर उड्न लागेको विमानमा प्राविधिक समस्या देखिएको विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ।

    विमानस्थलका प्रवक्ता सुवास झाले विमानको ब्रेकमा समस्या देखिएको बताए । उनले भने, ‘रनवेमा रहेको विमानलाई ट्याक्टरले तानेर पार्किङ एरिया ल्याइएको छ ।’

    एयर इन्डियाको जहाज रनवेमै समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । करिब १० वटा विमानहरू ४५ मिनेटदेखि आकाशमै ‘होल्ड’ भएका छन् । 


    images
    images

    Logo