images
images

फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध


  • 670
    SHARES
  • २०८० श्रावण ३० गते मंगलबार

    फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध

    जाजरकोट । अविरल वर्षाका कारण डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको पदमार्ग अवरुद्ध भएको छ । पदमार्ग अवरुद्ध भएसँगै पालिकाभित्रको छेप्का, रेजीलगायतका ठाउँमा बसोबास गर्ने स्थानीय समस्यमा परेका छन् । पालिकाको वडा नं ८ स्थित लामा तरा क्षेत्रमा रहेको तटबन्ध नदीले डुवाउँदा पदमार्ग अवरुद्ध भएको हो । यही बाटो भएर सुलिगाड हुँदै फोक्सुण्डोसम्म जाने गरिन्छ । 

    नदीमा पानीको बहाब बढेसँगै कहाँ क्षति भएको छ जाँचबुझ गरेर व्यवस्थापनतिर लाग्ने शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए । नदी तथा बाढीपहिरोले कुनकुन ठाउँमा पैदलमार्ग क्षति पुर्याएको छ उक्त स्थानमा तत्काल वैकल्पिक मार्गका लागि निकुञ्जले पहल गर्ने पनि अधिकृत भण्डारीले बताए । 


    images
    images

    Logo