काठमाडौं । आइतबार तीन विमानस्थलमा उडान अवरुद्ध भएको छ । प्रतिकुल मौसमका कारण विमानले ती विमानस्थलमा उडान भर्न नसकेको हो ।
पोखरा विमानस्थल र सुर्खेत विमानस्थल बिहानबाट नै बन्द भएका छन् । तुम्लिङटार विमानस्थलले पनि आजकालागि निर्धारित गरेको सबै उडान रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।