images
images

चिकित्सकको लाइसेन्स परीक्षा असोज १० देखि हुने


  • 345
    SHARES
  • २०८० श्रावण २६ गते शुक्रबार

    चिकित्सकको लाइसेन्स परीक्षा असोज १० देखि हुने

    काठमाडौं । चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) असोज १० देखि १२ गतेसम्म हुने भएको छ । शुक्रबार सूचना प्रकाशित गर्दै नेपाल मेडिकल काउन्सिलले परीक्षा मिति तोकिएको बारे जानकारी दिएको हो । 

    उक्त परीक्षाका लागि श्रावण २९ देखि अनलाइन फारम खोलिने काउन्सिलले जनाएको छ । श्रावण २९ देखि भदौ २६ सम्म नियमित र २७ र २८ गते विलम्ब शुल्क सहित फारम बुझाउन सकिने काउन्सिले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ । 

    परीक्षा सञ्चालन इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोकमा कम्प्युटर प्रविधिबाट हुने काउन्सिलले जनाएको छ । 

    nmc license1691737118.jpg


    images
    images

    Logo