काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ११ हजार १ रुपैयाँ कायम भएको छ ।
बिहीबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मुल्य बिहीबार पनि ७ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।