images
images

काठमाडौं महानगरले माग्यो १९ विषयमा विज्ञ, कति चाहिँन्छ योग्यता ?


  • 777
    SHARES
  • २०८० श्रावण २६ गते शुक्रबार

    काठमाडौं महानगरले माग्यो १९ विषयमा विज्ञ, कति चाहिँन्छ योग्यता ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले १९ जना विषय विज्ञ माग गरेको छ । शुक्रबार सूचना जारी गर्दै महानगरले विभिन्न १९ विषय विज्ञका निम्ति विज्ञ माग गरेको हो ।

    महानगरले माग गरेको पदहरूका लागि  मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने महानगरले जनाएको छ । 

    विज्ञहरुका लागि सम्बन्धित विषयमा कम्तीमा १० वर्ष काम गरी वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने कार्यमा कम्तीमा ३ वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको वा माथि उल्लिखित विषयमा १० वर्षभन्दा बढी अध्यापन तथा अनुसन्धान गरेको हुनेपर्ने महानगरले उल्लेख गरेको छ । 

    इच्छुक तथा योग्यता पुगेका नागरिकले ७ दिनभित्र आवदेन दिन सक्ने महानगरले जनाएको छ ।

    k.jpg

     


    images
    images

    Logo