काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको उडानमा रोक लगाएको छ । प्राधिकरणले सिम्रिक एयरको कमजोर वित्तीय अवस्था देखिएको र प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पनि नतिरेको भन्दै उडानमा रोक लगाएको हो ।
एयरको कमजोर वित्तीय अवस्थाका भएपछि कर्मचारीले पारिश्रमिक नै नपाउने अवस्था हुनजाने र यसको प्रभाव उडान सुरक्षामा पर्न जाने प्राधिकरणले जनाएको छ । एयरले प्राधिकरणलाई तिर्न बाँकी रकम चुक्ता गरी आफ्नो वित्तीय अवस्थालाई समेत सुधार गरेपछि मात्रै उडानका लागि अनुमति दिइने प्राधिकरणले जनाएको छ ।
हाल सिम्रिक एयरसँग २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन् ।