काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्था देखिएपछि सो जहाज पुनः काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ ।
काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्धको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काइएको जनाइएको छ ।
सो जहाजमा के समस्या भएको भनी पत्ता लगाउन प्राविधिक टिमले चेक जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ । सो जहाजमा सवार यात्रुहरुलाई भने अर्को जहाजबाट भैरहवा पठाइएको छ ।