काठमाडौं । कपनको एक खहरेखोलामाथि बनाइएको स्ल्याब हटाउन खोज्दा विवाद भएको छ । काठमाडौं महानगर र बुढानिलकण्ठ नगरपालिकाको सिमानामा रहेको साततले चोक नजिकैको खोलामा भएको स्ल्याब हटाउन खोज्दा महानगर प्रहरी र स्थानीयबीच विवाद भएको हो ।
काठमाडौं महानगरपालिका वडा नं ६ र ७ स्थित एक खोलालाई स्ल्याबले छोपेर खोलाको जग्गा अतिक्रमण गरिएको र त्यसलाई हटाउन भन्दै काठमाडौं महानगरपालिकाको डोजर गएको थियो । स्थानीयले विरोध गरेपछि नेपाल प्रहरीले उक्त क्रियाकलाप रोक्न डोजरको चाबी लिएको थियो ।
स्थानीयहरुले काठमाडौं महानगरपालिकाको विरुद्धमा नाराबाजी गरेपछि स्ल्याब हटाउने काम रोकिएको हो ।