काठमाडौं । आन्तरिक राजस्व विभागले ढुवानी व्यवसायीहरुलाई अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुन निर्देशन दिएको छ । बिहीबार सूचना प्रकाशित गर्दै विभागले उक्त निर्देशन दिएको हो ।
आर्थिक ऐन २०८० ले ढुवानी साधनको भाडा तथा ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको छ । सोही कारण ढुवानी सेवा प्रदायकले ढुवानी सेवा प्रदायकले ढुवानी सेवा प्रदान गर्दा वस्तु तथा सेवाको बिजक अनिवार्य साथमा राख्नुपर्ने नियम छ । तर ढुवानी साधनको साथमा वस्तु तथा सेवाको बिजक नरहेको गुनासो आइरहेको भन्दै विभागले यस्तो निर्देशन दिएको हो ।
आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट खटिने टोलीले कानुनको परिपालना भएको पाइएमा कानुन अनुसार कारवाही हुने समेत विभागले जनाएको छ ।