images
images

कर्णालीबाट श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो


  • 292
    SHARES
  • २०८० श्रावण २५ गते बिहीबार

    कर्णालीबाट श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो

    काठमाडौं । पछिल्लो समय कर्णाली प्रदेशबाट वैदेशिक रोजगारका लागि विदेशिनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । आर्थिक वर्ष २०७९/८० मा नयाँ श्रम स्वीकृति लिनेको कूल सङ्ख्या ३  हजार ३ सय रहेको श्रम तथा रोजगार कार्यालय सुर्खेतले जनाएको छ । 

    कार्यालयका  सूचना अधिकारी निर्मला रेग्मीले आर्थिक बर्ष २०७५/७६ मा ९ सय १९ पुरुष र  महिला ७ जनाले पुनः श्रम स्वीकृति लिएका जानकारी दिए । उनका अनुसार २०७६/७७ मा १ हजार ९ सय ९० पुरुष र ३६ महिला, २०७७/७८ मा ६ सय ६७ पुरुष र ८ महिला र २०७८/७९ मा १ हजार ५ पुरुष र २६ महिलाले श्रम स्वीकृति लिएका थिए ।  

    आफ्नो देशमा भन्दा अन्य देशमा काम गर्न बढी रुचाउने भएकाले गर्दा पनि विदेशिनेको सङ्ख्या बढ्दै गएको उनले बताए । श्रम तथा रोजगारका लागि नेपालबाट साउदी, कतार मलेसिया, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा र बेलारुसमा जानेको सङ्ख्या बढिरहेको जनाइएको छ । 

    उनले भने, “उच्च शिक्षामा व्यवसायी तथा सीपमूलक शिक्षा अनिवार्य गर्नुपर्छ ।” कर्णालीको सल्यानबाट धेरै श्रम तथा रोजगारका लागि जाने गरेको उनले बताए ।  

     


    images
    images

    Logo