images
images

रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यवसायीले गरे प्रदर्शन


  • 508
    SHARES
  • २०८० श्रावण २५ गते बिहीबार

    रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यवसायीले गरे प्रदर्शन

    काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीले विरोध प्रदर्शन गरेका छन् । बिहीबार नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक संघको आयोजनामा बानेश्वरस्थित यातायात विभाग अगाडि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

    ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरुले प्रदर्शन गरेका हुन् । उनीहरूले निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने, काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्यान्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्।

    उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएका छन् । 

     


    images
    images

    Logo