काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ८२ जना जना वरिष्ठ हवल्दार असईमा बढुवाका लागि सिफारिस भएका छन् । बुधबार राति बसेको बढुवा समितिको बैठकले समूह तर्फका ८२ जना प्रहरी वरिष्ठ हवल्दारलाई सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवाको लागी सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (ङ) बमोजिम उनीहरुलाई बढुवाको लागी सिफारिस गरेको हो ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब निरीक्षकहरुले ऐ. नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सकिने सुचनामा उल्लेख छ ।
बढुवाका लागि सिफारिस पर्नेहरुको सुची :



